Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 २.३५ अंक घट्यो सेयर बजार, कति भयो कारोबार ?

Kamal Tamang September 25, 2025
1
Share On:


काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको छ । त्यस्तै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको भयो । दशैं प्रभावले सेयर कारोबार रकम सुस्ताएको छ । हाल सेयर खरिद गर्नेले पनि दशैंअघि डिम्याट खातामा सेयर नपाउने र बेच्ने पनि बैंक खातामा पैसा नपाउने भएपछि खरिद बिक्री गर्न लगानीकर्ता अनिच्छुक देखिए । दशैंअघि अब आइतबार मात्रै बजार खुल्नेछ ।

आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ५ को स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढे । विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटे ।

हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । कालिका पावरको ६.७२, गुराँस लघुवित्तको ६.२९ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशत घट्यो । नारायणी डेभलपमेन्ट बैंकको ५.८५, समता घरेलु लघुवित्तको ४.७४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर, लुम्बिनी विकास बैंक क्रमशः अगाडि रहे ।

Post navigation

Previous: मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
Next: तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउने 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.