Skip to content
November 1, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मातृका आँखा उपचार केन्द्रबीच सम्झौता

Kamal Tamang September 26, 2025
1
Share On:


काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रमको सम्झौता भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको हो ।

यस सम्झौता अनुसार मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत निःशुल्क मोतिबिन्दु शल्यक्रिया उपलब्ध गराउनेछ। यस क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आवश्यक औषधि, इन्ट्राअक्युलर लेन्स, एनेस्थेटिक औषधि तथा शल्यक्रिया–पूर्वका आवश्यक परीक्षणहरू पनि निःशुल्क उपलब्ध गराइनेछ।

यसैगरी, काठमाडौं महानगरपालिका वडा नं. १८, मार्फत छानिएका ५० जना बिरामीहरूको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्र, पुरानो बानेश्वरमा सञ्चालन गरिनेछ।

सम्झौता कार्यक्रमको क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समुहका कर्मचारी तथा मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगानाको उपस्थिति रहेको थियो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस सम्झौता मार्फत समुदायमा स्वास्थ्य सुरक्षाको पहुँच विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

समुदायलाई प्रत्यक्ष लाभ हुने खालका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिइने प्रतिवद्धता कम्पनीले जनाएको छ।

Post navigation

Previous: यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णयहरु
Next: सोकोनसँग हर्षोत्सवः दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.