Skip to content
November 2, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आज ४५ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

Kamal Tamang October 8, 2025 1 minute read
1
Share On:


काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् ।

अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेर ५ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो दिन भने ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

मूल्य वृद्धिमा सांग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०८७ (७.०९ प्रतिशत), एनआईएमबी डिबेञ्चर २०९० (६ प्रतिशत) र आत्मनिर्भर लघुवित्त (६ प्रतिशत) ले  अगाडि छन् । त्यसैगरी, प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६.१२ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार २६ करोड १६ लाख रुपैयाँ भएको छ । त्यसपछि यूनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त (३.०९ प्रतिशत) र होटल–पर्यटन (३ प्रतिशत) उपसमूह सबैभन्दा बढी घटेका छन् ।

Post navigation

Previous:  अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा, क्षतिग्रस्त सडक पुनर्निर्माणमा कति लाग्ला खर्च ? 
Next: नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.