Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा, क्षतिग्रस्त सडक पुनर्निर्माणमा कति लाग्ला खर्च ? 

Kamal Tamang October 8, 2025
1
Share On:


काठमाडौं ।  सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका बताएको छ । यथाशक्य चाँडो अवरुद्ध सडक सञ्चालन गर्न उपकरणसहितका जनशक्ति परिचालन गरिएको उनले बताएको छ ।

हालैको बाढीबाट मेची राजमार्गमा अधिक क्षति भएको छ । यो राजमार्गको पुनर्निर्माणका लागि एक अर्ब ५० करोड आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसैगरी, क्षतिग्रस्त कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायत राजमार्ग पुनःनिर्माण गर्न तीन अर्ब ७७ करोड लाग्ने सरकारको अनुमान छ ।

मन्त्री घिसिरङको निजी सचिवालयका अनुसार क्षति भएका १७ वटा पुल पुनःनिर्माण गर्न चार अर्ब ५२ करोड, बेलिब्रिज जडान गर्न ८० करोड तथा वैकल्पिक सडक मर्मतसम्भार गर्न एक अर्ब ५९ करोड लाग्ने अनुमान सरकारले गरेकोे छ ।

Post navigation

Previous: राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी : अनेरास्ववियु महासचिव
Next: आज ४५ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.