Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी : अनेरास्ववियु महासचिव

Kamal Tamang October 8, 2025
1
Share On:


काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउने र अराजक गतिविधि गर्ने व्यक्तिहरूमाथि कारबाही नभए आफ्नो संगठन सडकमा उत्रिने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै धामीले “अरुको घर जलाईदिन्छु भन्नेले त्यो कुरा आफूतिर फर्किन्छ भन्ने बुझ्नुपर्छ” भन्दै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्या घटनामा संलग्न तथा त्यसका उक्साउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

उनले जेनजी आन्दोलनका मागप्रति आफूहरू पनि ऐक्यवद्ध रहेको तर त्यसमा घुसपैठ गरी राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा क्षति पु¥याउने, हत्या र लुटपाट गर्ने प्रवृत्तिको विरोध गरेको बताए। धामीले भने, “हामीले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएका छौं । दोषी जो भए पनि कानुनको दायरामा ल्याउनुपर्छ ।”

धामीले दलप्रतिको विचार र आस्थाका कारण मात्र कसैलाई अपराधी ठहर गर्नु गलत भएको टिप्पणी गरे। उनले भने, “विचार र आस्थाका हिसाबले म एमाले हुँ, तर त्यो भन्दा पहिला म देशको सचेत नागरिक हुँ । दलमा आस्था राखेकै कारण दोषी ठहर गर्ने प्रवृत्तिले समाजलाई सही दिशातिर लैजान सक्दैन ।”

भ्रष्टाचार र अपराधमा दोषीलाई जोगाउने कुनै पनि प्रयास अस्वीकार्य भएको बताउँदै उनले सामाजिक सञ्जालमा कसैलाई प्रमाणबिनै दोषी ठहर गर्ने र बदनाम गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए ।

Post navigation

Previous: महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा
Next:  अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा, क्षतिग्रस्त सडक पुनर्निर्माणमा कति लाग्ला खर्च ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.