Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एमाले सचिवालय बैठक ओली निवास गुण्डुमासुरू

Kamal Tamang October 12, 2025
1
Share On:


काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक सुरू भएको हो। शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएको थियो। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो।

आज सुरू भएको बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। शुक्रबार पार्टी अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए।

त्यसमाथि वरिष्ठ उपाध्यक्षसहित उपमहासचिवसम्मले धारणा राखेका छन्। शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बरालले धारणा राखेका छन्।
त्यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले बोलेका थिए।

उपाध्यक्ष त्रय सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले बैठकमा अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने र पार्टीलाई नयाँ आयामबाट उठाउनुपर्ने धारणा राखेका छन्। गुरू बराल, शंकर पोखरेल र प्रदीप ज्ञवालीबाहेक अरू बोल्ने सदस्यहरूले पनि पार्टी पुनर्गठनको पक्षमा आवाज उठाएका छन्।

संसद पुनःस्थापनामा पनि ओलीको प्रस्तावले खासै साथ पाएको छैन। संसद पुनःस्थापनाको पक्षमा शंकर पोखरेल, रामबहादुर थापा बादल र प्रदीप ज्ञवालीको बलियो समर्थन गरेका छन्। केही सदस्यले मध्यमार्गी प्रस्ताव पनि राखेका छन्। धेरैको पार्टीलाई पुनःगठन गरेर चुनावको तयारी गर्नुपर्ने नै रहेको छ।

आज उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्ने छन्।

Post navigation

Previous: प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयले दियो चुनौती
Next: मेयर बालेन र सुदन गुरुङविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.