Skip to content
September 17, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

डेंगुको संक्रमण बढ्दै, एक सातामा ४१३ जनामा डेंगु संक्रमण, मृत्यु हुने संख्या ४ पुग्यो 

Kamal Tamang October 13, 2025
1
Share On:


 काठमाण्डौं । पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२५ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म ५ हजार ८७४ जनामा डेंगु पुष्टि भएको छ।

७५ जिल्लामा डेंगु संक्रमण फैलिँदा ४ जनाको मृत्यु भएको छ। ९ईडीसीडी० को तथ्यांक अनुसार पछिल्लो साता गण्डकीमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। गण्डकीमा १५१, बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो। त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए।

सुरुमा डेंगु तराईमा मात्र सीमित भए पनि सन् २०१८ पछि पहाडी क्षेत्रमा समेत फैलियो र २०१९ मा पहाडमा ठूलो प्रकोपकै रूपमा देखा पर्यो। २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार संक्रमित भए। ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो। त्यसयता हरेक वर्ष ठूलो संख्यामा संक्रमित देखिन थालेको छ। अब यो रोग स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहिरहेको छ।

Post navigation

Previous:  बन्धकहरूको रिहाइमा खुसीका साथै भावुक देखिए इजरायलीहरू 
Next: सेयर बजारका सबै सूचक बढे, कारोबार भने घट्यो 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.