काठमाडौं। जिल्ला अदालत काभ्रेपलाञ्चोकले दलित अभियन्ता खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको हो ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहानअदालतमा उपस्थित भएका थिए
