Skip to content
November 4, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कांग्रेस विवादः आज नियमित महाधिवेशन पक्षधरको विशेष भेला 

Kamal Tamang November 6, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् । नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम फुडल्याण्डमा भेला बोलाएका हुन् ।

भेला बोलाउनेमा संस्थापन र डा शेखर कोइराला नेतृत्वको इतर समूहका नेता छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आयोजना हुन लागेको भेलाको आयोजना गर्नेमा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी, इन्दु शर्मा लगायतका छन् ।

कर्ण, भुपेन्द्रजंग शाही, राई, भट्टराई, अर्याल, रिमाल, रानामगर नेता डा. कोइराला समूहका हुन् । त्यस्तै शेरचन, श्रेष्ठ, पुष्प शाहीलगायत संस्थापनका हुन् । शेरचनले १४ औँ महाधिवेशनका क्रममा नेता कृष्ण सिटौलाको प्यानलबाट बागलुङको सभापति जितेका थिए ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेका बेलामा दुवै पक्षमा आ–आफ्नो पक्षमा माहौल देखाउन विशेष भेला बोलाइरहेका छन् । कांग्रेसको संस्थापन र नेता डा कोइराला समूह नियमित महाधिवेशनको पक्षमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।

Post navigation

Previous:  आज काठमाडौंमा प्रदर्शन र सभा गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा
Next: न्यूयोर्कको मेयर जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए मःम

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.