काठमाडौं । दार्चुला पावर लिमिटेडले आईपीओ गर्ने भएको छ । यसका लागी कम्पनीले आगामी मंसिर १२ गते बिहान ११ बजे काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा आफ्नो नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ।
साधारणसभाको कार्यसूचीमा साधारण सेयरको प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने प्रस्ताव प्रमुख एजेन्डा रहेको छ।
सोका लागि कम्पनीको पूँजी संरचना वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, समान उद्देश्य भएका कम्पनीसँग मर्जर (गाभ्ने–गाभिने प्रक्रिया) गर्न सक्ने तथा यस सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
त्यससँगै, सभामा गत आर्थिक वर्षको अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने एजेन्डा पनि समावेश गरिएको छ।
