Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

Kamal Tamang November 7, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो। दुर्घटना बिहान करिब ७ बजेतिर भएको बताइन्छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र दरैको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक समिर तामाङ बारा–कोल्बी नगरपालिका निवासी हुन् र उनी प्रहरी सम्पर्कमा रहेका छन्।

दुर्घटनापछि उक्त सडकखण्डमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। पल्टिएको ट्रक सडकको बीचभागमा अड्किएकाले अन्य सवारी साधन रोकिएका छन्। 

Post navigation

Previous: ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
Next: राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग अध्यक्षको छलफल

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.