Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनः प्रचारप्रसारका लागि १५ दिन दिने आयोगको तयारी 

Kamal Tamang November 10, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ ।

मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचनमा भाग लिन्छु भनेर दल दर्ता गर्नेहरूले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्दछन्  ।

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ ।मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन मंसिर १ देखि पुस १५ गते सम्म सञ्चालन गर्ने भनिएको छ ।

समानुपातिक निर्वाचन तर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते हुनेछ ।मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने पुस १५ गते हुनेछ ।समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने पुस १८ र १९ गते हुनेछ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना २०८२ माघ २ गते गर्ने भनिएको छ ।संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाइ स्थापना र संचालन माघ २ गते देखि फागुन ३० गते सम्म गर्ने प्रारम्भिक कार्यतालिका छ ।निर्वाचन प्रचारप्रसार अवधि फागुन ४ देखि १८ गते सम्म अर्थात् १५ दिन दिने तयारी छ ।

मतपत्र ढुवानी गरि जिल्ला जिल्लामा पुर्याउने फागुन १२ गते भित्र गर्ने, प्रचार प्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि हुनेछ ।मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

Post navigation

Previous: शिक्षकहरूलाई शिक्षामन्त्री पुनको चेतावनी – चुनाव प्रचारमा लागेर पढाउन नछोड्नू
Next:    चारदिनदेखि ठप्प मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण, वार्तामा बस्दै 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.