Skip to content
November 4, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

शिक्षकहरूलाई शिक्षामन्त्री पुनको चेतावनी – चुनाव प्रचारमा लागेर पढाउन नछोड्नू

Kamal Tamang November 10, 2025
1
Share On:


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक प्राध्यापकका संघ संगठन राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट पारेका छन् ।

मन्त्री पुनले शिक्षक संघ संगठन राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी दिएका थिए । उनले फेरि सामाजिक सञ्जालमा लेखेका छन्,’संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन । तर, राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र विश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्‍याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाइने छैन भनेर सूचना गरेको हो ।’

सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सूचना प्रकाशित गरिएको उनले प्रस्ट पारेका छन् ।

‘त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो । सोसम्बन्धी सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला । अब फागुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ’, उनले भने ।

Post navigation

Previous: मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड र नाराबाजी, राष्ट्रिय झण्डा फ्याँकियो
Next: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनः प्रचारप्रसारका लागि १५ दिन दिने आयोगको तयारी 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.