Skip to content
September 22, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपालमा जीडब्लुएमको ‘ट्यांक’ सिरिज सार्वजनिक

Kamal Tamang November 13, 2025 1 minute read
1
Share On:

जीडब्लुएम नेपालले सोमबार आफ्नो बहु-प्रतिक्षित ‘ट्यांक’ सिरिजका दुई नयाँ एसयूभी- ट्यांक ३०० एचईभी (हाइब्रिड) र ट्यांक ५०० पीएजईभी (प्लग-इन हाइब्रिड)लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।

विश्वबजारमा निकै सफल मानिएको ट्यांक ब्रान्डले चीन, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्ता देशहरूमा आफ्नो शक्ति, शैली र विश्वसनीयताका लागि ख्याति कमाएको छ।


अन्तर्राष्ट्रिय बजारमा ४ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको यो ब्रान्ड अफ-रोड प्रेमीहरूको रोजाइमा पर्न सफल भएको छ। नेपालमा ट्यांक ब्रान्डको प्रवेशले जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धता मात्र नभई, यहाँको बढ्दो अफ-रोड संस्कृतिलाई समेत नयाँ उचाइ दिने विश्वास गरिएको छ।

नेपालमा सार्वजनिक गरिएका दुवै गाडीहरू ९-स्पीड अटोमेटिक ट्रान्समिसन सहित उपलब्ध छन्। ट्यांक ३०० एचईभीमा २.० लिटर टर्बो पेट्रोल हाइब्रिड इन्जिन छ, जसले ३५१ पीएस पावर र ६४८ एनएम टर्क उत्पादन गर्छ।

ट्यांक ५०० पीएजईभीमा २.० लिटर टर्बो पेट्रोल प्लग-इन हाइब्रिड इन्जिन छ, जसले ४०८ पीएस पावर र ७५० एनएम टर्क प्रदान गर्छ। यी शक्तिशाली इन्जिनले सबै प्रकारका यात्राहरूलाई सहज बनाउने कम्पनीको दाबी छ।

एडभान्स्ड फोर-ह्वील ड्राइभ प्रणाली जडित यी गाडीमा ढुंगा, बालुवा, हिलो र हिउँजस्ता कठिन भू-भागका लागि छुट्टाछुट्टै ड्राइभिङ मोडहरू छन्, जुन नेपालको भौगोलिक विविधताका लागि विशेष उपयुक्त मानिन्छ।

टर्बो चार्ज्ड इन्जिन र शक्तिशाली इलेक्ट्रिक मोटरको संयोजनले तत्काल टर्क प्रदान गर्नुका साथै उत्कृष्ट माइलेज पनि दिन्छ भने प्रिमियम इन्टेरियर, उच्च-गुणस्तरका सामग्री, डिजिटल डिस्प्ले र इन्टेलिजेन्ट सिस्टमले एसयूभीको अनुभवलाई नयाँ स्तरमा पुर्याउँछ।

यसका अलावा एडास, ३६०-डिग्री क्यामेरा र इन्टेलिजेन्ट ड्राइभ असिस्ट जस्ता अत्याधुनिक सुरक्षा प्रणालीले सडक तथा अफ-रोड दुवैमा अधिकतम नियन्त्रण सुनिश्चित गर्ने र बलियो र आकर्षक बाहिरी बनावटले जीडब्लुएमको पावर विथ परपज भिजनलाई प्रतिबिम्बित गर्ने कम्पनीको दाबी छ।

Post navigation

Previous: अमेरिकामा ४३ दिने सरकार बन्द अवधि सकियो, राष्ट्रपति ट्रम्पले गरे बजेट स्वीकृत
Next: जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.