Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

Kamal Tamang November 17, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्यालयमा आईतबार भएको छलफलमार्फत दुवै पक्षबिँच सहमति भएको हो ।

छलफलमा उद्योगले चालु वर्षको क्रसिङ प्रक्रियामा देखिने प्रदूषण नियन्त्रणका लागि उपाय अपनाउने प्रतिबद्धता जनाएको छ । यस्तै गत वर्ष चिनी मूल्य निर्धारणपछि किसानलाई दिन बाँकी रहेको रकम उद्योगले पूर्णरूपमा भुक्तानी गर्ने सहमति भएको प्रशासनले जानकारी दिएको छ ।
त्यसैगरी, अघिल्ला सञ्चालक राकेश कुमार अग्रवालले किसानलाई तिर्न बाँकी रकम एक महिनाभित्र भुक्तान गर्ने र उद्योग सञ्चालन सहज बनाउने उद्देश्यले दुवै पक्षले सहयोगी वातावरण बनाउने सहमति भएको छ ।

उखु बिक्री रकम माग गर्दै किसानहरूले गत आइतबारदेखि उद्योगको मुख्य गेटमा तालाबन्दीसहित धर्ना गर्दै आएका थिए । सहमतिपछि धर्ना बन्द गरिएको छ। किसानहरूका अनुसार २०७१÷०७२ को क्रसिङ सिजनदेखि बेचिएको उखुको पैसा उद्योगले आजसम्म बुझाएको छैन ।उद्योगले बारम्बार आश्वासन दिए पनि करिब नौ करोड ७० लाख रुपैयाँ बराबरको रकम बक्यौता रहेको उनीहरूको दाबी छ ।

Post navigation

Previous: फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुनेछ : शिक्षामन्त्री पुन
Next: मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनाः ४२ जना भारतीय यात्रुहरूको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.