Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

सिमराको घटनाबारे नागरिक समूहले भन्योः निर्वाचन खतरामा पर्नसक्छ

Kamal Tamang November 20, 2025
1
Share On:

काठमाडौं । बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्नसक्ने चेतावनी दिएको छ ।

नागरिक समूहका अध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ ।

सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कफ्र्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत दिएको विज्ञप्तिमा उल्लेख छ ।

जेन–जी समूह र दलहरू दुवैलाई संयमित हुन आग्रह
विज्ञप्तिमा जेन–जी समूहका नाममा कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार भएको टिप्पणी गर्दै, यस्तो आचरणले अवस्था झन् जटिल बन्ने चेतावनी दिइएको छ। त्यसैगरी राजनीतिक दलहरूले पनि प्रतिवादका नाममा तनाव बढाउने कार्य नगर्न आग्रह गरिएको छ ।

‘संवेदनशील सुरक्षा परिस्थिति बिग्रिए फागुन २१ मा शान्तिपूर्ण निर्वाचन सम्भव नहुन सक्छ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘जसले मुलुकलाई राजनीतिक शून्यतामा धकेल्न सक्छ ।’

संवाद, संयमता र संवैधानिक मार्गतर्फ फर्कन आह्वान

नागरिक समूहले सरकार, राजनीतिक दल तथा जेन–जी युवाहरूलाई लोकतान्त्रिक मूल्य, संवैधानिक हक र शान्तिपूर्ण अभ्यासप्रति स्पष्ट प्रतिबद्ध हुन आग्रह गरेको छ ।

चुनाव तोकिएपछि राजनीतिक दलहरूको गतिविधि बढ्नु स्वाभाविक भए पनि उक्साहट, भिडन्त र तनाव बढाउने गतिविधिबाट टाढा रहनु आवश्यक भएको समूहको निष्कर्ष छ। जेन–जी युवाहरूलाई पनि संविधानले दिएको अधिकारको सम्मान गर्दै शान्तिपूर्ण अभिव्यक्तिकै बाटो अपनाउन सन्देश दिइएको छ ।

सरकारलाई निष्पक्ष निर्वाचनका लागि कडाइका साथ तयारी गर्न सुझाव

नागरिक समूहले आगामी फागुन २१ मै शान्तिपूर्ण र निष्पक्ष चुनाव गराउनु सरकारको ऐतिहासिक दायित्व भएको उल्लेख गर्दै तत्काल राजनीतिक दलहरूबीच संवाद, चुस्त सुरक्षा व्यवस्था र अनावश्यक दमन नगर्ने नीति अपनाउन सुझाव दिएको छ ।

‘देशले भर्खरै ठूलो राजनीतिक परिवर्तन अनुभव गरेको छ। अहिलेका तनावपूर्ण घटनाले भविष्यमा दोहोरिन नदिन सबै पक्षले आत्मसमीक्षा गर्दै जिम्मेवार अभ्यास गर्न आवश्यक छ ।’ विज्ञप्तिमा भनिएको छ । समूहले परिस्थितिलाई सहज बनाउँदै लोकतान्त्रिक प्रक्रियाको रक्षा र निर्वाचन सफल बनाउन सबै पक्षसँग संवाद र सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ ।

Post navigation

Previous: तनावग्रस्त बाराः प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक
Next: सेयर बजारमा झिनो अंकको गिरावट, कति भयो कारोबार ? 

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.