Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सेयर बजारमा झिनो अंकको गिरावट, कति भयो कारोबार ? 

Kamal Tamang November 20, 2025
2
Share On:


काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ । सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको भयो । दिनभर बजारको उतारचढाव सामान्य रह्यो ।

११२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढ्यो । जेनजी आन्दोलनपछि होटल तथा पर्यटन समूह सबैभन्दा धेरै प्रभावित हुने अनुमान गरिएको थियो । सोअनुसार होटल तथा पर्यटन सेक्टरका सबैजसो कम्पनीको मूल्य उच्च दरले घटेको थियो ।

यद्यपि पर्यटन सिजन सुरु हुँदा केहीबाहेक अधिकांशमा त्यसको असर देखिएको छैन । जसले गर्दा लगानीकर्ता यस सेक्टरमा अहिले आकर्षित देखिएका छन् । त्यस्तै जलविद्युत् ०.०९, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशत बढे ।

बैंकिङ ०.३४, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६ र निर्जीवन बीमा ०.३३ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी छन् । यीमध्ये धौलागिरीबाहेक अरु कम्पनी हालै सूचीकृत भएका हुन् ।

त्यस्तै सिन्धु विकास बैंकको ९.६०, सप्तकोशी विकास बैंकको ७.७१, चिरख्वा हाइड्रोपावरको ६.८० प्रतिशत मूल्य बढ्यो । बुंगल हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.०५ प्रतिशत घट्यो । दरामखोलाको ४.९१ तथा विकास हाइड्रोपावरको ३.७९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावर छन् ।

Post navigation

Previous: सिमराको घटनाबारे नागरिक समूहले भन्योः निर्वाचन खतरामा पर्नसक्छ
Next:  बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.