Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

चुनावको तयारीबारे सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दै निर्वाचन आयोग

Kamal Tamang December 5, 2025
1
Share On:

काठमाडौं । चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् ।

उक्त बैठकमा चुनावको तयारीबारे बृफिङ गरिने आयोगले जनाएको छ । आयोगबाट सहभागी हुने आयुक्तहरूले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, चुनावको तयारी, कानुनी जटिलता, स्रोतसाधनको उपलब्धता, सुरक्षा चुनौती र आर्थिक अवस्थाबारे बृफिङ गर्न लागेका हुन् ।

निर्वाचन हुने सुनिश्चितताका लागि जस्तो वातावरण बन्नुपर्ने हो त्यस्तै वातावरण बनाउन पूर्व तयारी चुस्त हुनुपर्ने र त्यसका लागि सरकार र राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने आयोगका अधिकारीहरू बताउँछन् ।

आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा १३ वटा दलले भाग लिने तय भइसकेको छ । आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा भाग लिनका लागि भनेर ११७ वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् । उक्त निवेदनउपर आयोग अध्ययनमा छ ।

Post navigation

Previous: सिटिजन्स बैंक दोस्रो पटक ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित
Next: नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुल्यो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.