Skip to content
September 21, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको निर्वाचनः चुनाव२ वटा माओवादी पार्टीसहित ५ कम्युनिस्ट दलले भाग नलिने 

Kamal Tamang December 5, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  निर्वाचन आयोगमा दर्ता भएका विभिन्न २६ वटा राजनीतिक दलले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । जसभित्र दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् ।

निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका दलको संख्या १४३ छ । यसमध्ये ११७ वटा दलले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् । ती निवेदन उपर आयोग अध्ययनमै छ ।बाँकी २६ दलले भने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छैनन् ।

दल दर्ताको निवेदन नदिने दलहरूमा माओवादी नाम राखेका दुई पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । माओवादी कम्युनिस्ट पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी ९लोकतान्त्रिक०, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन र नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) ले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छैनन् ।

चुरेभावर लोकतान्त्रिक पार्टी, आम आदमी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, नेश्नलिस्ट पिपल्स पार्टी,  नेपाल विवेकशील पार्टी र पुनर्जागरण पार्टी नेपालले पनि चुनाव लड्दै छैनन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नदिने दलहरूमा राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, नेपाली ग्रिन्स पार्टी, मधेश तराई फोरम, आधुनिक नेपाल समाजवादी पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी, नेपाल राष्ट्रवादी पार्टी, मधेशी जनअधिकार फोरम मधेश, शिव सेना नेपाल, नेपाल समाजवादी कांग्रेस, बहुजन समाज पार्टी नेपाल, जनराष्ट्रवादी पार्टी नेपाल, नेपास् राष्ट्रिय पार्टी, राष्ट्रिय एकता मञ्च, नेपालवाद पनि रहेका छन् ।

Post navigation

Previous: नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुल्यो
Next: सिटिजन्स बैंक लगातार दोस्रो वर्ष ‘बैंक अफ द ईयर २०२५’ अवार्डबाट सम्मानित

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.