काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् ।
लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।
भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।
