Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रोल्पामा जीप दुर्घटनाः दुई विद्यार्थीको मृत्यु, ९ जना घाइते 

Kamal Tamang January 4, 2026 1 minute read
1
Share On:


काठमाडौं । रोल्पामा जीप दुर्घटनामा हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्। उक्त दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।  उनीहरू राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गए राति १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको हो। गम्भीर घाइतेमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पुर्‍याउँदा  चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। 

दुर्घटनामा परी थप नौ जना विद्यार्थी घाइते भएका थिए। घाइते हुनेमा  सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरी का १५ वर्षीय हिमाल विक,  १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय  किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार घाइते सबै ९ जनालाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलका लागि रिफर गरिएको छ।जीप बाटोबाट केही तल पल्टिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Post navigation

Previous:  धार्मिकस्थल पाथीभरा क्षेत्रमा हिमपात
Next: अमेरिकाले भेनेजुएला ‘चलाउने’ राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.