Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मिनेसोटा चर्च घटनाप्रति ट्रम्पको कडा प्रतिक्रियापछि छानबिन शुरू

Kamal Tamang January 19, 2026
1
Share On:


काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन र भन्सार प्रवर्तन (आइसीई) विरुद्ध प्रदर्शनकारीहरूले एक चर्चभित्र पूजा भइरहेका बेला अवरोध पुर्याएको घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् ।

उनले धार्मिक पूजा–आराधनामा हस्तक्षेप सह्य नहुने स्पष्ट पारेका छन् । आइतबार सेन्ट पलस्थित सिटिज चर्चमा पूजा सञ्चालन भइरहेका बेला प्रदर्शनकारीहरू चर्चभित्र प्रवेश गरी नाराबाजी गरेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘जस्टिस फर रेनी गुड’ र ‘आइस आउट’ जस्ता नारा लगाउँदै श्रद्धालुहरूसँग सामना गरेको देखिन्छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति ट्रम्पले पवित्र उपासना स्थलमा इसाईहरूलाई डराउने र हैरानी दिने कार्य कदापि सहन नसकिने बताएका छन् ।

उनले न्याय मन्त्रालयले उक्त घटनाबारे पूर्ण छानबिन शुरू गरिसकेको जानकारी दिइन् । घटना त्यसपछि चर्किएको हो, जब चर्चका एक पादरी अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन निकायमा वरिष्ठ भूमिकामा रहेको दाबी अनलाइनमा फैलिएको थियो ।

यसै विषयलाई लिएर प्रदर्शनकारीहरूले चर्चलाई लक्षित गरेका बताइएको छ । उक्त प्रदर्शन मिनियापोलिस(सेन्ट पल क्षेत्रमा हालै देखिएका व्यापक विरोध प्रदर्शनहरूको हिस्सा भएको बताइएको छ ।

यस क्षेत्रका ३७ वर्षीया रेनी निकोल गुडलाई यसै महिना एक एजेन्टले गोली हानी हत्या गरेको घटनापछि संघीय निकाय र स्थानीय समुदायबीच तनाव बढ्दै गएको छ । चर्च घटनाप्रति प्रतिक्रिया दिँदै अमेरिकी न्याय मन्त्रालयले नागरिक अधिकारसम्बन्धी छानबिन शुरू गरेको जनाएको छ ।

Post navigation

Previous: कामना सेवा विकास बैंकले ६ महिनामा कमायो ३९ करोड नाफा
Next: भुजुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.