Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

Kamal Tamang February 2, 2026
1
Share On:


काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोही अन्तर्गत बैंकले लायन्स क्लब अफ काठमाण्डौं गुँराससँगको सहकार्यमा गन्धकुटी विहार खोकना, वडा न। २१, ललितपुरमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सर जस्ता क्यान्सर रोगको पहिचान, मधुमेह तथा थाईराइड रोगको पहिचान र साधारण स्वास्थ्य परिक्षण तथा दन्त परिक्षण कार्यको लागि आर्थिक सहयोग गरेको हो ।

त्यसैगरी सवारी दुर्घटना न्युनीकरण, सवारी व्यवस्थापन, सडक फुटपाथ तथा विभिन्न स्थानहरुमा जथाभावी रुपमा अव्यवस्थित पार्किब समस्या समाधान गर्न ट्राफिक प्रहरी वृत्त, महाराजगञ्ज, काठमाण्डौंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतहरु रहेको रोड फर्निचरहरु हस्तान्तरण गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दलित सशक्तिकरण केन्द नेपालको सहकार्यमा परम्परागत व्यवसायिक सीप, पेशा एवं कलालाई सम्बर्धन, आधुनिकिकरण र प्रमाणीकरण गर्दै क्षमता अभिवृद्धि तथा आर्थिक उपार्जन गर्नको निमित्त सहयोग गर्ने उद्धेश्यका साथ हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा न। १ देखी ६ वडा सम्मका व्यक्तिहरुलाई सिलाई मेसिन वितरण गरिएको छ ।

त्यसैगरी भानुपथ, सिदार्थनगर–०९, रुपन्देहीमा रहेको भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माण गर्नको लागि बैंकको भैरहवा शाखा कार्यालय मार्फत आर्थिक सहयोग गरिएको छ । खेलमैदानमा भाष्टक राखी रोलिङ्ग गराई पानीको निकास गर्न आवश्यक पर्ने निर्माण कार्य गर्न बैंकले सहयोग गरेको हो ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Post navigation

Previous: सर्वोच्च अदालतले दिएन शरद ओझाको मुद्दामा अन्तरिम आदेश
Next: नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कति भयो कारोबार ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.