Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

Kamal Tamang February 5, 2026 1 minute read
nep (2)
Share On:


काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको शेयरमूल्य सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यद्यपि, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ५८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको साढे ५३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । साथै, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य रूपमा घटेको छ ।

Post navigation

Previous: नेपाल टेलिकम दुरसञ्चार राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री अर्याल
Next: निर्वाचनमा भ्रामक विज्ञापन र डीपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.