Skip to content
July 30, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

वैदेशिक व्यापारका सात महिनाः नौ खर्ब पचास अर्ब घाटा

Kamal Tamang February 22, 2026
1
Share On:

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा रु ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र रु एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले रु नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ ।

भारतसँग बितेका सात महिनामा छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र रु एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले रु चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा बेहोरेको छ । चीनसँग दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र ९० करोड एक लाख बराबरको निर्यात हुँदा दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख बराबरको घाटा भएको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा देखिन्छ ।

व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा पाँच करोड ५२ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख बराबरको व्यापार नाफा देखिन्छ ।

पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र रु ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

यसैगरी, ३१ अर्ब नौ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ ।

बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ । अलैँची आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल पाँच अर्ब ७८ करोड, कार्पेट पाँच ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ ।

Post navigation

Previous:  रौतहटमा कर्फ्यूः बिहान २ घन्टाका लागि खुकुलो बनाइयो
Next: निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.