Skip to content
September 13, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमेरिकाले निष्काशन गरेका १२० भन्दा बढी नेपालीलाई चार्टड विमानमार्फत ल्याइँदै

Kamal Tamang February 23, 2026
1
Share On:


काठमाडौं । अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावासका अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काएको हो।

दूतावास स्रोतका अनुसार डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दैछन्। दूतावासले केही दिन अगाडि अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ। परराष्ट्र मन्त्रालयले पनि अमेरिकाले निष्काशन गरेका नेपालीलाई विमानमार्फत ल्याउँदै गरेको पुष्टि गरेको छ।

स्रोतका अनुसार उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आए, केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित भएका हुन्। अमेरिकाले सानो संख्यामा डिपोर्ट गर्दा विभिन्न एयरलाइन्स र चार्टर्ड विमानमार्फत नेपाल फर्काउने गरेको छ भने धेरै हुँदा चार्टर विमानमार्फत पठाउने गरेको छ। निष्कासित नेपालीलाई काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी दिने र विमानस्थलमा आइपुगेपछि नेपाल प्रहरीको जिम्मामा लगाउने गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा परेका छन्। नेपालीहरू विभिन्न मुलुक हुँदै पानामा सीमाबाट अमेरिकामा गैरकानुनी प्रवेश गर्ने गरेका छन्। नेपालीहरूले आफ्नो ज्यानको जोखिम मोलेर लाखौं रुपैयाँ तिरेर अमेरिका पुग्ने गरेपश्चात सरकार र नेपालस्थित अमेरिकी दूतावासले पनि दलालको प्रलोभनमा परेर गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न अपिल गर्दै आएको छ।

Post navigation

Previous: धादिङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन गर्ने गृह मन्त्रालयको निर्णय 
Next: २४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटना: २४ जनाको मृत्यु 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.