Skip to content
September 13, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

२४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटना: २४ जनाको मृत्यु 

Kamal Tamang February 23, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  बितेको २४ घण्टाको अवधिमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको छ ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित सडकमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको बस गएराति अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदीको किनारमा खसेर भएको दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।

 साथै घाइते भएका २५ मध्ये १४ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा, १० जनाको नेशनल मेडिकल कलेज कलंकीमा र १ जनाको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ।यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका(७को जानकी ग्यास अगाडि सडकमा ना।६३ प ९३९० नम्बरको मोटरसाइकललाई लु।२ ख ४४६१ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक, बिजेन पुलामी ९१८० को मृत्यु भएको छ। 

घाइते उनलाई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दियाको बाँसगढी नगरपालिका(३ मानखोलास्थित सडकमा पनि  भे.११ प ८४५३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री, राजबाबु खान ९४०० को मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी बर्दियाको राजापुर नगरपालिका–८ भोकपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको से.५ प ९८३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक, लोहर मान थारू (५६) को मृत्यु भएको छ। 

गम्भीर घाइते भएकालाई भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। कालिकोटको तिलागुफा नगरपालिका–१ भिग्मास्थित सडकमा कालिकोटबाट नाग्मागार्डतर्फ जाँदै गरेको सु।प।प्र ०१–००२ त ७१७८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको छ। चालक, भिम नेपाली (२२) को कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो।

डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्तीस्थित सडकमा पनि मेल्टाबाट दिपायलतर्फ जाँदै गरेको सु.प.प्र. ०३–००१ च ००१४ नम्बरको बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार, जुना देवी साउँद (६६) को मृत्यु भएको छ। गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते बोलेरो चालकसहित ३ जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।  दुर्घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

Post navigation

Previous: अमेरिकाले निष्काशन गरेका १२० भन्दा बढी नेपालीलाई चार्टड विमानमार्फत ल्याइँदै
Next: दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.