Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अजेय मानिने अमेरिकी ‘एफ-३५’ लडाकु विमानमा हमला, आपत्कालीन अवतरण

Kamal Tamang March 20, 2026 1 minute read
1
Share On:


काठमाडौं । पश्चिम एसियाको आकाशमा असाधारण घटना देखा परेको छ । अमेरिकी संचारसंस्था सीएनएनका अनुसार विश्वकै अत्याधुनिक मानिने अमेरिकी पाँचौँ पुस्ताका ‘स्टेल्थु लडाक’ विमान ‘एफ–३५’माथि आक्रमण भएपछि ती विमानहरूलाई आपत्कालीन रूपमा क्षेत्रीय सैन्य अखडामा अवतरण गराउनुपरेको छ।

घटनाले केवल सामान्य सैन्य क्षति मात्र गराएको नभएरघवाई युद्धमा पश्चिमी प्रभुत्वमाथिनै गम्भीर प्रश्न उठाएको छ । एफ-३५ लडाकु जहाजहरू माथि हमलाको घटनालाई जारी युद्धको सबैभन्दा नयाँ र अत्यन्तै चिन्ताजनक संकेत मानिएको छ।

सीएनएनमा उल्लेख भए अनुसार आक्रमण इरानबाट भएको हुनसक्ने आशंका छ। अमेरिकी मध्य कमान्डका प्रवक्ता तथा क्याप्टेन टिम हकिन्सका अनुसार ती स्टेल्थ जेटहरू आपत्कालीन अवतरण हुनु अघि ‘इरानको आकाशमा सक्रिय युद्ध अभियानमा’ संलग्न थिए।

उनका अनुसार अहिले सबै विमानहरू सुरक्षित रूपमा अवतरण गराइएका छन् । साथै चालक दलको अवस्था पनि स्थिर रहेको छ। घटनाको गम्भीर अनुसन्धान समेत सुरु भइसकेको छ। गत फेब्रुअरीदेखि जारी इरान युद्धमा अमेरिकी एफ–३५ माथि प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हो। अमेरिका र इजरायल दुवैले प्रयोग गरिरहेका यी अत्याधुनिक विमानहरूको मूल्य प्रति जहाज १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ ।  यी जहाजहरूलाई लामोदेखी ‘अजेय’ मानिँदै आएको थियो।

तर पछिल्ला घटनाहरूले भने त्यस्तो धारणा कमजोर हुँदै गएको संकेत दिएका छन्। यसअघिनै अमेरिकाले केही लडाकु विमान गुमाइसकेको भए पनि तीमध्ये कुनै पनि ‘शत्रुपक्ष’को आक्रमणबाट नष्ट भएका थिएनन्। केही समयअघि कुवेती हवाई सुरक्षाद्वारा भुलवश गरिएको आक्रमणमा अमेरिकी ‘एफ–१५’ विमान खसालिएको थियो । जसका सबै ६ जना चालक दल सदस्यलाई भने सकुशल उद्धार गरिएको थियो।

गत हप्ता पश्चिमी इराकमा ‘केसी–१३५ स्ट्राटोट्यांकर’ नामक इन्धन भर्ने हवाईजहाज दुर्घटनाग्रस्त भयो। यसको कारण अझै खुल्न सकेको छैन। अमेरिकी सेनाले उक्त दुर्घटनामा कुनै शत्रु वा मित्र राष्ट्रको संलग्नता नरहेको जनाएको छ। दुर्भाग्यवश उक्त दुर्घटनामा सवार सबै ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो।

एफ–३५ जस्तो अत्याधुनिक स्टेल्थ विमानमाथि भएको यो आक्रमणले युद्धको स्वरूप बदलिँदै गएको संकेत दिएको छ। यो केवल एक घटनामात्र नभई पश्चिमी हवाई प्रभुत्वको आधार हल्लाउने सम्भावित मोड को रूपमा हेरिँदैछ। समाचारलाई संसारभरका संचारमाध्यमले उल्लेखनीय रुपमा प्रसार गरेका छन् ।

Post navigation

Previous: इजरायलले अब इरानी ऊर्जा संरचनामाथि आक्रमण नगर्ने
Next: अब मोटरसाइकलमा पनि हाइब्रिड युग:  नेपालमा पहिलो हाइब्रिड बाइक आउने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.