Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नयाँ सरकार गठनबारे छलफल सुरूः मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को ?

Kamal Tamang March 20, 2026
1
Share On:

 

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनबारे छलफल सुरू गरेको छ। चुनावअघि पार्टीले जारी गरेको वाचा पत्रअनुसार मन्त्रालय संख्या घटाउने गृहकार्यमा रास्वपा जुटेको छ। साथै, क–कसलाई मन्त्री बनाउने भन्नेबारे पनि पार्टीमा छलफल भइरहेको छ।

पार्टीका एक पदाधिकारीका अनुसार मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी छ। त्यस्तै, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले दुवैलाई मन्त्री बनाउने गरी छलफल पनि चलिरहेको छ। अर्याल गृहमन्त्री र वाग्ले अर्थमन्त्री बनाउने गरी छलफल भइरहेको ती पदाधिकारीले जानकारी दिए।

यसबाहेक महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेल लगायतलाई पनि मन्त्री बनाउने विषयमा छलफल चलेको ती पदाधिकारी बताउँछन्।

सरकार गठनको तयारीका साथै प्रधानमन्त्रीको शपथका बेला विदेशी राष्ट्राध्यक्षहरूलाई निम्तो दिने गरी छलफल पनि भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।चैत १२ गते सांसदहरूलाई शपथ खुवाउने तयारी छ। त्यसको भोलिपल्ट रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने छन्।

सरकार गठन तयारी लगायत विभिन्न विषयमा बिहीबार साँझ पनि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल भएको थियो।

Post navigation

Previous: इनिसाको हत्याका दोषीलाई कारबाहीको माग राखेर माइतीघरमा प्रदर्शन
Next: सानिगाड हाइड्रोको पहिलो चरणको आईपीओ आज देखि बिक्री खुला

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.