Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान

Kamal Tamang April 3, 2026 1 minute read
1
Share On:


काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र सहज आवागमनका लागि सरकारले आजदेखि विशेष उडान सञ्चालन गर्ने भएको छ। 

परराष्ट्रमन्त्री शिशिर खनालको विशेष पहलमा बिहीबार बसेको उच्चपदस्थ अधिकारीहरूको बैठकले ३ अप्रिलदेखि ५ अप्रिलसम्म नेपाल वायुसेवा निगममार्फत विशेष उडान गर्ने निर्णय गरेको हो। 

पश्चिम एसियाको तनावका कारण गत २८ फेब्रुअरीदेखि नै त्यस क्षेत्रका नियमित उडानहरू स्थगित रहेका थिए। नेपालीहरूको समस्यालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री खनालको निर्देशनमा नेपाल एयरलाइन्सले दुबई र दमामका लागि उडान भर्ने तालिका सार्वजनिक गरेको छ।

उडान तालिकामा (आज) ३ अप्रिलमा काठमाडौँ–दुबई (राति ११ः१५ बजे), ४ अप्रिलमा दुबई–काठमाडौँ (बिहान ४ः१० बजे),५ अप्रिलमा काठमाडौँ–दमाम (बिहान ८ः३० बजे) र दमाम–काठमाडौँ (दिउँसो १२ः२० बजे) रहेका छन् । 

यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको मन्त्रालयले जनाएको छ। 

Post navigation

Previous: मन्त्रालयकै सोफामा सुते गृहमन्त्री सुधन गुरूङ लेख्छन्– जनताभन्दा माथि सरकार हुँदैन
Next: ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि राजीनामा दिन निर्देशन 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.