Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मन्त्रालयकै सोफामा सुते गृहमन्त्री सुधन गुरूङ लेख्छन्– जनताभन्दा माथि सरकार हुँदैन

Kamal Tamang April 3, 2026
1
Share On:


काठमाडौं । बिहीबार अबेरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयमै सुतेका छन्। उनले कार्यालयको सोफामा सिरक ओढेर सुतेको फोटो आफै सेयर गरेका थिए। फोटोसँगै सुधनले लेखेका छन्, निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।

गृहमन्त्री गुरूङको सचिवालयले पनि उनी मन्त्रालयकै सोफामा सुतेको पुष्टि गरेको छ। पटक पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी बिहीबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका थिए। सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री सुधन स्थलगत अनुगमनमा निस्किएको सचिवालयले जनाएको छ।

अनुगमन क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए। विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत पनि गराएको सचिवालयले जनाएको छ।

साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उनले निर्देशन दिएका छन्।यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्री रहेका महावीर पुनले पनि मन्त्रालयलाई नै आफ्नो वासस्थान बनाएका थिए।

Post navigation

Previous: सेयर बजार ५ अंक बढ्यो, कति भयो कारोबार ?
Next: पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.