Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 लेबनान र इजरायलबिच १० दिने युद्धविराम, इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

Kamal Tamang April 17, 2026 1 minute read
1
Share On:

काठमाडौं ।   लेबनान र इजरायलबिच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको अर्को वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको सङ्केत गरेका छन् । 

ट्रम्पका अनुसार इरान २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नराख्न सहमत भएको छ । गत सप्ताहन्तमा पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको आणविक महत्त्वाकाङ्क्षा नै मुख्य एजेन्डा बनेको थियो ।

ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब के हुन्छ हामी हेर्छौँ । तर मलाई लाग्छ हामी इरानसँग सम्झौता गर्ने एकदमै नजिक छौँ ।’ त्यसको केही घण्टापछि नेभाडाको लस भेगासमा आयोजित एक कार्यक्रममा उनले युद्ध ‘निकै चाँडै अन्त्य हुनुपर्ने’ बताए । 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको इरानसँगको युद्धमा हजारौँको ज्यान गइसकेको छ भने विश्वभर तेलको मूल्य अकासिएको छ । यसले अमेरिकी राष्ट्रपतिका लागि ठूलो राजनीतिक सङ्कट निम्त्याएको थियो ।

लेबनानको युद्धविरामले इरानसँगको बृहत् शान्ति सम्झौताको बाटो खुला गरेमा त्यो ट्रम्प प्रशासनका लागि ठूलो उपलब्धि हुनेछ । ट्रम्प प्रशासन हालसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको स्ट्रेट अफ होर्मुज खुलाउन र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सङ्घर्षरत छ । 

हिजबुल्लाहले बिहीबार रातभर इजरायलविरुद्ध गरेका सैन्य कारबाहीको लामो विवरण सार्वजनिक गरेको छ । जसमा अन्तिम आक्रमण राति ११ः५० बजे अर्थात् युद्धविराम लागू हुनुभन्दा १० मिनेट अघि भएको उल्लेख छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहलाई युद्धविरामको सम्मान गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्त्वपूर्ण अवधिमा राम्रो व्यवहार गर्नेछ । यदि उनीहरूले त्यसो गरे भने त्यो उनीहरूका लागि ठूलो क्षण हुनेछ । अब थप हत्या हुनुहुँदैन । अन्ततः शान्ति हुनैपर्छ ।’

ट्रम्पले इरानसँग सम्झौता भएमा तेलको मूल्य, मुद्रास्फीति निकै तल झर्ने र आणविक सङ्कट टर्ने दाबी गरेका छन् । अमेरिका र इरानबिच गत साता भएको दुई साता लामो युद्धविराम लम्ब्याउनुपर्ने आवश्यकता नरहेको बताउँदै उनले तेहरान सम्झौता गर्न इच्छुक रहेको जिकिर गरे ।

Post navigation

Previous: मातातीर्थ कुण्डमा दर्शन गर्ने भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट
Next: एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.