Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मातातीर्थ कुण्डमा दर्शन गर्ने भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट

Kamal Tamang April 17, 2026 1 minute read
1
Share On:

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित पवित्र तीर्थस्थल मातातीर्थ कुण्डमा शुक्रबार बिहानैदेखि स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदात्री आमाको सम्मानमा मनाइने ‘मातातीर्थ औँसी’ का अवसरमा न्द्रागिरि नगरपालिका–६ स्थित उक्त कुण्डमा आमाको प्रतिमा दर्शन गर्न र श्राद्ध तर्पण गर्न श्रद्धालुहरूको भीड लागेको हो ।

दिवंगत आमाको सम्झनामा धेरै भक्तजनहरू अघिल्लो दिन साँझदेखि नै दीप प्रज्वलन गरी जाग्राम बसेका थिए भने आज बिहानै मातातीर्थ कुण्डमा स्नान गरी तर्पण र पिण्डदान गरेका छन् । धार्मिक विश्वास अनुसार यस दिन मातातीर्थमा स्नान गरी दर्शन गरेमा मृत आमाले मोक्ष पाउने र छोराछोरीले पुण्य प्राप्त गर्ने जनश्रुति रहिआएको छ ।

हिन्दू धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा पनि उच्च मानिएको छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भन्ने मान्यता अनुसार आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिन्छ । पितृ ऋण तिर्नका लागि आमाबुबा जीवित हुँदा सम्मानपूर्वक सेवा गरी खुसी राख्ने र मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ । आजको दिनमा आमा जीवित हुनेहरूले घरमै मीठा–मीठा परिकार खुवाउने र उपहार दिएर सम्मान गर्छन् भने आमा नहुनेहरूले मातातीर्थमा पुगेर तर्पण तथा सिदा दान गर्ने गर्दछन् ।

Post navigation

Previous: संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने कांग्रेस निर्णय
Next:  लेबनान र इजरायलबिच १० दिने युद्धविराम, इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.