Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने कांग्रेस निर्णय

Kamal Tamang April 17, 2026
1
Share On:

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ ।

बैठकले अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ भने सामाजिक सञ्जाल नियमनका नाममा नियन्त्रण नगर्न सरकारलाई सचेत गराएको छ ।जुनसुकै ओहोदामा बसेका वा जिम्मेवारी सम्हालेका व्यक्ति भए पनि राज्यले कानुनी प्रक्रिया अनुसार अनुसन्धान गर्न खोज्दा सहयोग गर्नु आवश्यक छ भन्ने विषयमा नेपाली कांग्रेस स्पष्ट रहेको र सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।

बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ। गत भदौ २४ गतेका घटनाको पर्याप्त छानबिन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको गरेको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रणका लागि कर घटाउने, भ्याटमा सहुलियत दिने र विद्यार्थीलाई राहत दिन सरकारसँग आग्रह गरिएको छ ।
बैठकले भातृ संस्थासम्बन्धी र प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन पारित गरेको छ ।यस्तै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

Post navigation

Previous:  घटे सेयर बजारका सबै सूचक, नेप्से २८३३ अंकमा
Next: मातातीर्थ कुण्डमा दर्शन गर्ने भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.