Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

खगेन्द्र सुनारसहित रास्वपा सांसदहरू सिडिओ कार्यालय गेटमा १२ घन्टादेखि धर्नामा

Kamal Tamang April 24, 2026 1 minute read
1
Share On:


काठमाडौं । खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्।

धर्नमा रास्वपा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेल लगायत बुद्धिजीवि तथा  सुनकोशी गाउँपालिका(३ जुम्लेडाँडाका केही स्थानीयहरू बसेका थिए।

ु१२ घण्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं, खगेन्द्र सुनारले आफ्नो फेसबुकमा लेखेका छन्। उनका स्वकीय अर्जुन सुनारले रातभरि धर्नामा बसेको बताएका छन्। हिरासतमै मृत्यु भएका २२ वर्षीय श्रीकृष्णलाई प्रहरीले यातना दिएर मारेको आफन्तहरूको आरोप छ।

श्रीकृष्णले खोटाङकी १७ वर्षीय किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए। ललितपुरमा भाइसँग बस्दै आएका उनी विवाह गरेपछि सिन्धुली फर्केका थिए। ललितपुरको सातदोबाटो प्रहरी वृत्तले किशोरीको परिवारले कुरा गर्न खोजेको भनेर वैशाख ३ गते बोलाएपछि उनीहरू फेरि ललितपुर फर्केका थिए।

त्यसपछि सातदोबाटो प्रहरी वृत्तमा किशोरीका परिवारसँग छलफल गर्न पुगेका श्रीकृष्णलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्ट सिन्धुली पठाएको थियो।ललितपुर प्रहरीले उनै किशोरीले बलात्कारको जाहेरी दिएपछि घटनास्थल सिन्धुली भएका कारण थप अनुसन्धानका लागि उतै पठाइएको बताएको थियो।श्रीकृष्ण वैशाख ७ गते हिरासतमा मृत फेला परेका थिए।

Post navigation

Previous: घट्न रोकिएन सेयर बजार, कति भयो कारोबार ? 
Next: थापाथलीका सुकुमवासीहरुले खाली गर्न थाले आफू बसेको घर 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.