Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सरकारको निर्णय नमानी विद्यालय खोल्ने स्थानीय तहका प्रमुखसँग शिक्षामन्त्रीले भोलि छलफल गर्ने

Kamal Tamang May 3, 2026 1 minute read
1
Share On:


काठमाडौं । विद्यालय शिक्षामा देखिएका अन्योल हटाई आगामी रणनीति बनाउन शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने भएको छ। विद्यार्थी भर्ना र मापदण्ड विपरीत शुल्क र वार्षिक शैक्षिक क्यालेण्डरलगायत विषयमा रणनीति बनाउन सरकारले सोमबार स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्ने भएको हो।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाका  प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष सहभागी हुनेछन्। यस्तै गृह मन्त्रालय र शिक्षा मन्त्रालयका उच्चअधिकारीको उपस्थिति रहनेछ।

केही संस्थागत विद्यालयले कानून विपरित शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि गैरकानूनी रूपमा संकलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयले हालै निर्देशन दिएको थियो। 

संघीय सरकारले विद्यालयहरूलाई वैशाख १५ बाट विद्यालय भर्ना थाल्न र वैशाख २१ गतेदेखि पठनपाठन शुरु गराउन निर्देशन दिए पनि उपत्यकाका स्थानीय तहले वैशाख ११ गतेदेखि नयाँ भर्ना अभियान शुरु गरेका थिए। उनीहरूले वैशाख १५ गतेदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गराउन निर्देशन दिएका थिए।

Post navigation

Previous: नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह
Next:  ५.७३ अङ्कले घट्यो सेयर बजार, कारोबार ५ अर्बभन्दा तल

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.