Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

२७ अंक बढ्यो सेयर बजार, कारोबार पनि सुधार

Kamal Tamang May 8, 2026
1
Share On:


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । जुन अंक दिनभरको र साताकै अधिकम अंक पनि हो ।

आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि हिजो पनि नेप्से ६.९४ अंक बढेको थियो । समग्रमा यो साता बजार सम्हालिएको छ । गत साता नेप्से परिसूचक २७३८ अंकमा बन्द भएको थियो ।

कारोबार रकममा पनि केही सुधार आएको छ । बिहीबार जम्मा २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोडको भयो । २३५ कम्पनीको मूल्य बढेको छ भने जम्मा २६ को घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार स्थिर रह्यो भने अरू सबै समूहका सूचक बढेका छन् ।

बैंकिङ ०.६७, विकास बैंक ०.९५, फाइनान्स १.८७, होटल तथा पर्यटन १.४८, हाइड्रोपावर १.७१, लगानी १.१०, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन १.४०, माइक्रोफाइनान्स ०.१६ तथा अन्य १.१३ प्रतिशत बढे ।

त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । होटल फरेस्ट इनजको ७.९०, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ६.१२ तथा पियोर इनर्जीको ५.३४ प्रतिशत मूल्य बढ्यो ।

स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशत घट्यो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको २.४७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर छन् ।

Post navigation

Previous: लिम्पियाधुरा, लिपुलेक र कालकापानी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय
Next: इजरायली हवाई आक्रमणः लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.