Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इजरायली हवाई आक्रमणः लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु

Kamal Tamang May 10, 2026 1 minute read
1
Share On:


काठमाडौँ ।  लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो शृङ्खलाबद्ध हवाई आक्रमणमा एकै दिन कम्तीमा ३९ जनाको ज्यान गएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर सक्सकियेहमा भएको भीषण आक्रमणमा मात्रै एक बालिकासहित सात जनाको मृत्यु भएको छ।

सक्सकियेहमा भएको सो आक्रमणमा अन्य १५ जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।  जसमा तीन बालबालिका रहेका छन्।इजरायली रक्षा बल (आईडीएफ) ले आफूले सशस्त्र समूह हिजबुल्लाहको सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, सर्वसाधारणको हताहती भएको रिपोर्टप्रति आफूहरू सचेत रहेको र यसको समीक्षा भइरहेको आईडीएफले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल १६ मा इजरायल र लेबनान सरकारबीच युद्धविराम सम्झौताको घोषणा गरे पनि दुवै पक्षबिच हिंसा रोकिएको छैन। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहको पूर्वाधार ध्वस्त पार्ने भन्दै निरन्तर बमबारी गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नबातियामा एक इजरायली ड्रोनले मोटरसाइकलमा सवार एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरीलाई लक्षित गरेको थियो। पहिलो आक्रमणबाट जोगिएर भाग्न खोज्दा ड्रोनले दोस्रो पटक प्रहार गरी बुबाको हत्या गरेको र तेस्रो पटक प्रहार गरी छोरीलाई गम्भीर घाइते बनाएको मन्त्रालयले उल्लेख गरेको छ। ती बालिकाको हाल अस्पतालमा उपचार भइरहेको छ।

यता, हिजबुल्लाहले पनि उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको छ। सो आक्रमणमा तीन इजरायली सैनिक घाइते भएको इजरायली सेनाले पुष्टि गरेको छ। इजरायलले हाल दक्षिणी लेबनानको सीमा क्षेत्रमा १० किलोमिटर भूभाग कब्जा गरेर बसेको छ, जसका कारण कयौँ गाउँहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

गत मार्च २ देखि सुरु भएको पछिल्लो संघर्षमा लेबनानमा हालसम्म २,७९५ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। पछिल्लो एक हप्तामा मात्रै १२० भन्दा बढी लेबनानीको ज्यान गएको छ। इजरायली पक्षले भने आफ्ना १७ सैनिक र केही सर्वसाधारण मारिएको जनाएको छ।

Post navigation

Previous: २७ अंक बढ्यो सेयर बजार, कारोबार पनि सुधार
Next: वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड प्रभावित , बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.