Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मकवानपुरमा ईभी दुर्घटनाः ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

Kamal Tamang May 12, 2026
1
Share On:


काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा।प्र।०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

गाडीमा चालकसहित ११ जना सवार रहेकोमा ९ जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका थिए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौं पठाइएको थियो ।

गम्भीर घाइते हुनेहरूमा भारत, बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी रहेका छन् ।

त्यसैगरी ५६ वर्षीया प्रझा देवी, ५२ वर्षीया रुद्र कुमारी झा र ७४ वर्षीय छत्रधर चौधरी मध्यम घाइते भएका छन् । ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी करिब ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन् । अर्का नेपाली सवार २२ वर्षीय असान साफी सामान्य अवस्थामा आफैं घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वैशाख २९ गते बिहान १ः३० बजेसम्म सबै ९ जना घाइतेहरूको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि सडक अवरुद्ध नभएको र गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

Post navigation

Previous: २,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणः १,७०० जनाको रिपोर्ट आउँदा ६० को एचपीभी पोजेटिभ
Next: काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.