Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

२,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणः १,७०० जनाको रिपोर्ट आउँदा ६० को एचपीभी पोजेटिभ

Kamal Tamang May 12, 2026
1
Share On:

काठमाडौं । १ हजार ७ सय जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँचको रिपोर्ट आउँदा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको छ ।काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्ममा महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा एचपीभी जाँच गरिएका २ हजार ७७९ जना महिलामध्ये १ हजार ७ सय जनाको रिपोर्ट आउँदा यो अवस्था देखिएको हो ।

उनीहरूमध्ये १८ जनाको कल्पोस्कोपी गरिएको छ । रिपोर्टमा पोजेटिभ देखिएका महिलाहरूलाई हरेक वुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर कल्पोस्कोपी गर्ने गरिएको छ । यस्तै स्तन, पाठेघरको भिडियो एक्सरे र स्तनको मेमोग्रामका लागि तालिका मिलाएर बिरामीहरूलाई बोलाउने गरिएको छ ।

यसरी गरिने जाँच र प्रारम्भिक उपचारका लागि लाग्ने शुल्क महानगरपालिकाले व्यहोरेको छ । सेवाग्राहीलाई जँचाएको र प्रारम्भिक उपचार गरेको कुनै शुल्क लाग्दैन ।

एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट सङ्क्रमण भएर क्यान्सर हुन सक्ने जोखिम चाहिँ हो । सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ ।

क्यान्सर परीक्षण गरिएको ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिएको जानकारी दिँदै कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टले, रिफरल स्लिप लिएका मध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुगेको जानकारी दिए । यसरी हेर्दा ५१९ जनाले सेवा लिन प्रक्रिया थालनी गर्नु भयो तर सेवा लिन पुग्नु भएन । उनीहरू सेवा किन जानु भएनरु यसको कारण, खोजीको विषय बनेको छ ।

जाँच गर्न पुग्नुभएका मध्ये (२ हजार ७७९ जनाको एचपीभी)सँगै २ हजार ९६४ जनाको स्तन क्यान्सर परीक्षण गरियो । उहाँहरूमध्ये ४११ जनाको मेमोग्राम गरिएको छ । ५९ जनाको पाठेघरको र ३६५ जनाको स्तनको गरी ४९४ जनाको भिडियो एक्सरे गरिएको छ ।
४५ जनाको पाठेघरको मुखमा मासु पलाएको (सर्भाइकल पोलिप) देखिएको छ । २ जनाको पाठेघरमा पलाएको मासु फालिएको छ । ३ जनाको आङ् खसेको छ भने ८ जनामा पाठेघरको मुखमा सङ्क्रमण (पीआइडी) देखिएको छ ।

ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० वर्षदेखि ६० वर्ष समूहका महिलाले हरेक ५ वर्षमा एक पटक यसको परीक्षण गराउनुपर्छ ।

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य सङ्क्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरै पटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।

स्तन क्यान्सर यही कारणले हुन्छ भन्ने तथ्य सार्वजनिक भएको पाइँदैन । तर, उमेर बढ्दै जाँदा (विशेष गरी ५० वर्ष काटेपछि) स्तन क्यान्सरको जोखिम देखिन्छ । यदि आमा, दिदीबहिनी वा छोरी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्य सदस्यमा यसको जोखिम धेरै हुने चिकित्सकहरूको भनाइ छ ।

Post navigation

Previous: वीपी राजमार्गमा सवारी साधन सञ्चालनमा पूर्ण रोक
Next: मकवानपुरमा ईभी दुर्घटनाः ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.