Skip to content
October 30, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

पूर्णबहादुर सहभागी कर्णाली भेलाले भन्योपार्टीको सबै तहमा २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व हुनुपर्छ

Kamal Tamang May 18, 2026 1 minute read
1
Share On:


 काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सहभागी रहेर दुई दिनसम्म सुर्खेतमा चलेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टीमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।यो भेला ‘विचार गोष्ठी’ का रूपमा चलेको थियो। शनिबार र आइतबार भेला भएको थियो। उक्त भेलामा प्रमुख अतिथि थिए- निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का। 

उक्त भेलाले ‘बृहत्तर एकता र भावी कार्यदिशाका लागि १० सुत्र’ पनि तय गरेको छ।जसअनुसार पार्टीको सबै तहमा न्यूनतम २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने उल्लेख छ।‘समावेशीताको सिद्धान्तअनुरूप कदमजमलाई पूर्ण कार्यान्वयन गर्दै चेतना र वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा न्यूनतम २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्दछ,’ जेठ २ र ३ मा भएको भेलाको निष्कर्ष छ।

कांग्रेसको नयाँ विधानअनुसार हरेक निर्वाचन क्षेत्रबाट ३० वर्षमुनिका ३ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ। अहिले कांग्रेसले ३० वर्षमुनिकालाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता पनि दिने गरेको छ।

साथै पार्टीको १५ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने  कर्णाली प्रदेशको प्रष्ट दृष्टिकोण रहेको पनि उल्लेख छ। खड्का प्रमुख अतिथि रहेको यो कार्यक्रममा कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि सहभागी थिए।

पार्टी सभापति गगन थापाले पार्टीका शीर्ष नेता, पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग सघन छलफल गरी १५ औं महाधिवेशनलाई विश्वसनीय, निष्पक्ष र सम्पूर्ण कांग्रेसजनको सहभागिताको वातावरण सुनिश्चित गर्न नेतृत्वदायी पहलकदमी तत्काल प्रारम्भ गर्न पनि अनुरोध गर्ने निर्णय भएको छ।क्रियाशील अद्यावधिक कार्य स्थगित गरी बृहत्तर एकता र सहमतिका आधारमा १५ औं महाधिवेशनको सबै प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा यो समूह छ।

Post navigation

Previous: इरानलाई ट्रम्पको चेतावनी, ‘छिटो सहमतिमा नआए केही बाँकी रहने छैन’
Next: रोस्ट्रम घेराउ गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखलाई देखाए पर्चा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.