Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

गोसाइकुण्डमा गङ्गादशहरा मेला सुरु

Kamal Tamang May 21, 2026
1
Share On:


काठमाडौं । हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजन आउन थालेका छन्।

जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म चल्नेछ। चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन्। यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ।

पुराणमा उल्लेख भएअनुसार देवता र दानवबीच समुद्र मन्थन हुँदा निस्किएको कालकूट विषले सृष्टि विनाश हुन लाग्दा भगवान् शिवले उक्त विष आफ्नो कण्ठ (घाँटी) मा धारण गरे। विषको डाह शान्त पार्न शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्र आइपुगेका शिवले त्रिशूलले प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको जनविश्वास छ।

धार्मिक मान्यताअनुसार गङ्गादशहरामा यहाँ स्नान गर्दा १० प्रकारका पाप नाश हुन्छन् भने जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुन्छन्। समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको यो तीर्थस्थल पुग्न कठीन भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान मेटिने यात्रुहरूको अनुभव छ।

Post navigation

Previous: प्रतिनिधिसभाको बैठक बस्दै, निर्वाचन र विकास वित्तसम्बन्धी विधेयकहरू प्रस्तुत गरिँने
Next: कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.