Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल

Kamal Tamang May 22, 2026
1
Share On:

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप लिग –२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबिचको सिरिजको अन्तिम खेल आज हुँदैछ।त्रिवि मैदान कीर्तिपुरमा जारी त्रिपक्षीय सिरिजको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग भिड्दै छ।

खेल बिहान साढे ९ बजेदेखि सुरू हुनेछ। लिग –२ अन्तर्गतका बाँकी खेलहरू जित्नुपर्ने भएकाले आजको खेल पनि नेपालका लागि अत्यन्त महत्त्वपूर्ण छ। जारी सिरिजमा नेपालले तीन खेल खेलिसक्दा एक खेल मात्रै हारेको छ।

वर्षा बाधक भएपछि डिएलएसबाट खेलको नतिजा तय हुँदा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको थियो।स्कटल्याण्डलाई दोस्रो खेलमा भने नेपालले ६ विकेटले पराजित गरेको थियो।नेपालले पहिलो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो।अमेरिका र स्कटल्याण्ड लिग–२ अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छ।

जारी सिरिजबाट नेपाल तालिकामा दुई स्थान माथि उक्लिएको छ। यसअघि सातौं स्थानमा थियो। स्कटल्याण्डविरूद्ध जितसँगै क्यानडा र नामिबियालाई उछिन्दै नेपाल पाँचौं स्थानमा उक्लिएको छ।नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ मा रहिरहनुपर्छ।

Post navigation

Previous: वडा अध्यक्ष राम पुकार यादवद्वारा स्वास्थ्य चौकीको भवनको शिलान्यास-गढीमाई नगरपालिका– १
Next: आज एकैदिन १० संसदीय समितिको बैठक बस्दै

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.