Skip to content
August 5, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

इरानसँग सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको घोषणा

Kamal Tamang May 24, 2026 1 minute read
1
Share On:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।अमेरिका, इरान र मध्यस्थ गरिरहेका राष्ट्रहरूबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र अब केवल अन्तिम रूप दिन बाँकी रहेको ट्रम्पले बताएका छन्।

अमेरिका इरान युद्धविराम गम्भीर मोडमा पुगेपछि युद्ध अन्त्यको अन्तिम प्रयन्त गर्न पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान गएका थिए। उनले त्यहाँ राजनीतिकसँगै सैन्य नेतृत्वहरूसँग कुरा गरेका थिए। ट्रम्पले अधिकांश विषयमा सहमति भइसकेको भनेर आइतबार घोषणा गरेका हुन्। 

प्रस्तावित ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको प्रारम्भिक वार्ता अवधि रहनेछ भने आवश्यक परे यो अवधि एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि रहने बताइएको छ।वालस्ट्रिट जर्नलका अनुसार यो प्रारम्भिक सम्झौताको मुख्य उद्देश्य युद्ध रोक्ने, अस्थायी कूटनीतिक ढाँचा स्थापना गर्ने र विश्व तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुज सञ्चालनमा ल्याउने हो।

ुअमेरिका, इरान र मध्यस्थ राष्ट्रहरूबीच अधिकांश सर्तमा सहमति भइसकेको छ, अन्तिम विवरण छिट्टै सार्वजनिक गरिनेछ,ु ट्रम्पले भनेका छन्। 
सम्झौताअन्तर्गत इरानले हर्मुज अस्थायी रूपमा खोल्ने र युद्धविरामको वातावरण बनाउने, त्यसको बदलामा अमेरिकाले इरानमाथिको केही प्रतिबन्ध सहज बनाउने तथा वार्ता जारी रहने अवधिमा समुद्री मार्गमा अवरोध नहुने सुनिश्चितता दिने चर्चा छ।

तर यो अझै प्रारम्भिक ढाँचा मात्र भएकाले दुवै पक्षले अन्तिम सहमतिका लागि विस्तृत वार्ता जारी राख्नेछन्। न्युयोर्क टाइम्सका अनुसार प्रस्तावित सम्झौतामा इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्ने प्रारम्भिक सहमति जनाएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा इरानसँग ६० प्रतिशतसम्म प्रशोधित करिब ४०० किलो युरेनियम रहेको आकलन छ।

त्यस युरेनियम भण्डारलाई कसरी हस्तान्तरण वा व्यवस्थापन गर्ने भन्ने प्राविधिक विषय भने अझै टुंगिएको छैन र यो विषय आगामी चरणको वार्तामा तय हुने बताइएको छ। अमेरिकी अधिकारीहरूले यो मुद्दालाई सम्झौताको सबैभन्दा संवेदनशील र निर्णायक बिन्दुका रूपमा लिएका छन्।

सम्झौताप्रति इसराइलमा भने चासो र चिन्ता दुवै देखिएको छ। इसराइल वार्ताको प्रत्यक्ष पक्ष नभएकाले अन्तिम चरणमा मात्र जानकारी पाएको भन्दै असन्तुष्टि रहेको बताइन्छ।

Post navigation

Previous: बाढी पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति
Next: एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.