Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबीच ऐतिहासिक सम्झौता

Kamal Tamang May 26, 2026
1
Share On:


काठमाडौं । भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वहरूको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठक पछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गरेको हो ।

क्वाड बैठकमा यो विषयमा पनि छलफल भएको कुरामा जोड दिँदै उनले यी स्रोतहरू सुरक्षित गर्नु महत्वपूर्ण भएको उल्लेख गरेको छ ।

सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य आपूर्तिलाई सहज बनाउने उदेश्यले गरिएको जनाइएको छ । उनका अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रर्वदन र सम्बन्धित लगानी समावेश हुनेछ । यसले सरल र विविधीकृत आपूर्ति श्रृङ्खलालाई बलियो बनाउदै सम्बन्धित मुलुकहरुलाई वित्त पोषण लगायतमा सहयोग गर्ने उनले बताएको छ ।

सम्झौतालाई वासिङ्टन र नयाँ दिल्लीको बीचको साझेदारीलाई सुदृढ पार्ने प्रमाणको रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यन्वयनमा केहि चुनौतिहरू भएता पनि धेरै अवसरहरू भएको बताएको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले संयुक्त राज्य अमेरिकाका लागि भारतको महत्त्वलाई प्रकाश पार्दै सम्झौता एउटा ठोस उदाहरण भएको बताएको छ । पछिल्ला केही दिनमा संयुक्त राज्य अमेरिका र भारत बीचको रणनीतिक गठबन्धन र राष्ट्रिय हितकालागि सम्झौताको महत्वको बारेमा बारम्बार उजागर गरेको बताएको छ ।

उनले भारत र अमेरिकाले नवीनता अर्थतन्त्रका लागि महत्वपूर्ण खनिज र आपूर्ति श्रृंखलाहरूमा भरपर्दो दीर्घकालीन पहुँच सुनिश्चित गर्न रणनीतिक चासो सहित सम्झौता भएको बताएको छ ।

सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य तत्वहरू उच्च– इलेक्ट्रोनिक्स, ऊर्जा प्रविधि, रक्षा प्रणाली, र विद्युतीय सवारीका लागि महत्वपूर्ण अवयव भएको भन्दै यसको आपूर्ति श्रृङ्खलाहरूलाई विविधीकरण गर्ने आपूर्तिकर्ताहरू बीच निर्भरता कम गर्ने विश्वव्यापी प्रयासको बीचमा आएको जनाइएको छ ।

Post navigation

Previous: प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग
Next: प्रधानमन्त्री  बालेन भन्छन् – ‘लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं’ 

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.