Skip to content
October 30, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९ दशमलव २२ प्रतिशत रहने अनुमान

Kamal Tamang May 27, 2026
1
Share On:


काठमाडौं ।  चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गरेको आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत आठ दशमलव प्रतिशत र वृद्धिदर चार दशमलव १६ प्रतिशत रहेको छ ।

सर्वेक्षणमा सरकारी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या घटेको, निजी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या न्यून भएको तथा शिक्षा क्षेत्रमा खर्चसमेत कमी आएकाले चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि एक दशमलव ५० प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ । गत आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दुई दशमलव ३६ प्रतिशतले बढेको थियो ।

सर्वेक्षणअनुसार विद्यालय तहमा कुल भर्नादर बढेको छ । शैक्षिकसत्र २०८२ मा आधारभूत तह ९कक्षा १–८० को कुल भर्नादर १३६ दशमलव २ प्रतिशत र माध्यमिक तह ९कक्षा ९–१२० को कुल भर्नादर ८५ दशमलव ७ प्रतिशत पुगेको छ । गत शैक्षिक सत्रमा यस्तो भर्नादर क्रमशः १२४ दशमलव ८ प्रतिशत र ८० दशमलव ६ प्रतिशत रहेको थियो ।

शैक्षिकसत्र २०८२ मा १०४ विद्यालय थप भई विद्यालय सङ्ख्या ३५ हजार ९५१ पुगेको छ । यसमध्ये सामुदायिक विद्यालयको हिस्सा ७१ दशमलव २७, संस्थागत विद्यालयको २४ दशमलव ८७ र परम्परागतरधार्मिक विद्यालय ३ दशमलव ८६ प्रतिशत रहेका छन् । तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमध्ये १०० भन्दा कम विद्यार्थी भएका विद्यालय ५० दशमलव ८५ प्रतिशत रहेका छन् । दुई हजारभन्दा कम विद्यार्थी भएका विद्यालय शून्य दशमलव ४७ प्रतिशत रहेका छन् ।

सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रमा विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ । विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई नक्साङ्कन गरी समायोजन गर्दै लगिएको छ ।

Post navigation

Previous: आर्थिक सर्वेक्षण २०८२–८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत
Next: सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने 

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.