Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

आज धूमधामका साथ मनाइदै बकर ईद, के छ महत्त्व ?

Kamal Tamang May 28, 2026
1
Share On:


काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । मुस्लिम धर्मावलम्बीहरूले मनाउने यो दोस्रो ठुलो महान् पर्व हो । बकरा ईद (इद–उल–अजहा) पैगम्बर हजरत इब्राहिमले अल्लाह (ईश्वर) प्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइने गरिन्छ ।

यस पर्वमा आफ्नो सबैभन्दा प्रिय वस्तु वा चौपायाको ‘कुर्बानी’ (बलिदान) दिने र दान गर्ने परम्परा रहेको छ । जनकपुरधामका स्थानीय जानी खानका अनुसार इस्लामिक धार्मिक ग्रन्थ कुरानमा, पैगम्बर हजरत इब्राहिमलाई अल्लाहले सपनामा उनको सबैभन्दा प्यारो चिजको बली (कुर्बानी) दिन आदेश दिएका थिए । हजरत इब्राहिमलाई आफ्ना छोरा इस्माइल सबैभन्दा प्यारो लाग्दथ्यो ।

अल्लाहको आदेश शिरोधार्य गर्दै उनी आफ्ना छोरालाई बलि दिन तयार भए । अल्ला इब्राहिमको त्यो उच्च निष्ठा र समर्पण देखेर प्रसन्न भई अल्लाहले इस्माइललाई कुनै चोट नपुगोस् भनी उनको स्थानमा एउटा दुम्बा (भेडा) को बलि पठाएका थिए । यही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो ।

यो पर्वले मानिसलाई आफ्नो अहम्, स्वार्थ र सबैभन्दा प्रिय वस्तु समेत त्याग गर्न प्रेरित गर्ने बताउँछ स्थानीय खान । कुर्बानी गरिएको मासुलाई धार्मिक मान्यता अनुसार तीन भाग लगाइन्छ । एक भाग गरिब तथा विपन्नहरूलाई, एक भाग इष्टमित्र तथा आफन्तलाई र अन्तिम एक भाग आफ्नो परिवारका लागि छुटाउनुपर्ने नियम छ ।

यसले समाजमा समता, भाइचारा र दानको भावना जागृत गर्छ । आजको दिन बिहानै सफा कपडा लगाएर इदगाह वा मस्जिदमा भेला भई विशेष नमाज ९प्रार्थना० पढिन्छ र एक–अर्कालाई अङ्कमाल गरेर ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गरिन्छ ।

Post navigation

Previous: बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
Next: महिला टी–२० क्रिकेटः नेपाल र इन्डोनेसिया भिड्दै

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.