Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

उच्च शिक्षा पढ्ने विद्यार्थीको सङ्ख्या बढ्यो, कुन संकायमा कति पढ्छन् ?

Kamal Tamang May 28, 2026
1
Share On:

काठमाडौं । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भएको पाइएको छ। आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षणले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको देखाएको छ।

सर्वेवेक्षण अनुसार आर्थिक वर्ष २०८०–८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४८९ रहेकोमा आर्थिक वर्ष २०८१८२ मा १०.९ प्रतिशतले वृद्धि भई ७ लाख ४५ हजार ७७० पुगेको छ।

नेपालमा २०८२ फागुनसम्म १५ केन्द्रीय र ६ प्रादेशिक विश्वविद्यालय गरी जम्मा २१ विश्वविद्यालयका साथै संघ अन्तर्गत ६ र प्रदेश अन्तर्गत २ स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।

सङ्घीय अन्तर्गत १२ केन्द्रीय विश्वविद्यालय र प्रदेश अन्तर्गत ६ विश्वविद्यालय पूर्णरूपमा सञ्चालनमा रहेका छन् भने ३ केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालनमा आउन सकेका छैनन्। २०८२ फागुनसम्म वैदेशिक सम्बन्धन प्राप्त क्याम्पसको सङ्ख्या ५७ पुगेको सर्वेक्षणमा उल्लेख छ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी ५०.५ प्रतिशत रहेको छ भने कृषिमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा कम ०.१५ प्रतिशत रहेको छ। व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थी करिब ८० प्रतिशत रहेका रहेको सर्वेक्षणमा उल्लेख छ।

Post navigation

Previous: आर्थिक सर्वेक्षणः  भूकम्पबाट क्षतिग्रस्त भएका एक हजार ५१ संस्थाको पुनर्निर्माण
Next: आज गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा समारोह

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.