Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

Kamal Tamang May 28, 2026
1
Share On:


काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । करिब छ हजार १६ रोपनी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म कायम रहेका ७०६ मध्ये ६३८ उद्योग सञ्चालनमा रहेको आर्थिक वर्ष २०८२र०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । औद्योगिक क्षेत्रमा २६ उद्योग निर्माणाधीन, १६ उद्योग बन्द र २६ अन्य सङ्घसंस्था छन् ।

सातै प्रदेशमा बालाजु, पाटन, भक्तपुर, हेटौँडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह गरी १० औद्योगिक क्षेत्र सञ्चालित छन् । मुलुकमा औद्योगिक विकास गर्न उद्योगलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइएको हो ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र उद्योग तथा लागनी सहजीकरण गर्न औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, कम्पनी ऐन, २०६३ र विशेष आर्थिक क्षेत्र ऐन, २०७३ संशोधन गरी लगानीमैत्री बनाइएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

नवीनतम ज्ञान, प्राविधिक सीप र क्षमता भएको इच्छुक उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा सहभागी हुन उत्प्रेरित गर्दै स्टार्टअप उद्यम नीति २०८१ र स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत भएको छ ।

स्टार्टअप उद्यमको विकास र प्रवद्र्धनका लागि व्यवसाय सम्वद्र्धन केन्द्रको स्थापना भएको छ । स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा पाँच हजार १५८ प्रस्ताव प्राप्त भएकामा ६६१ प्रस्ताव सिफारिस भई ६०० उद्यमीलाई कर्जा प्रवाह गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आवको फागुनसम्म १० हजार २४४ प्रस्ताव प्राप्त भएका छन् ।औद्योगिक बौद्धिक सम्पत्तिका रुपमा गत फागुन मसान्तसम्म ७० हजार ९७० ट्रेडमार्क, ९० पेटेन्ट र ३२० डिजाइन दर्ता भएका छन् ।

फागुन मसान्तसम्म वैदेशिक लगानीका लागि स्वीकृति पाएका परियोजनामध्ये कूल लगानीका आधारमा सबैभन्दा बढी चिनियाँ छ । सो अवधिमा चीनको ४८ प्रतिशत, भारतको १७।९ प्रतिशत र तीबाहेक अन्यको ३४.१ प्रतिशत लगानी रहेको छ ।

Post navigation

Previous: ठेक्का, जग्गा प्राप्ति र मुआब्जासँग सम्बन्धित मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी 
Next: आर्थिक सर्वेक्षणः  भूकम्पबाट क्षतिग्रस्त भएका एक हजार ५१ संस्थाको पुनर्निर्माण

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.