Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

Kamal Tamang June 1, 2026
1
Share On:

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले कठिन निर्णय गर्ने आँट गरेको बताए। उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताए।

अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (इभी) मा कर घट्ने व्यवस्था गरिएको जानकारी दिँदै बजेट वक्तव्यमा एउटा सानो नोट छुटेको पनि स्वीकार गरे ।उनले भने,‘कसैले गर्न नसकेको आँट यो सरकारले गर्यो भनेर पनि लख्दिनु पर्यो । १५० युनिटको बिजुलीमा कति तिर्नुहुन्छ, पाँच प्रतिशत पनि होइन् । ५० युनिट निशुल्क छ । त्यसमा ट्याक्स जम्मा तीन प्रतिशत हो । बिल ८–९ सय उठ्दा जम्मा २४ रुपैयाँ तिर्ने हो । यहाँ आकाश नै खसेको जस्तो गरेर प्रचार गरेको देख्छु । उर्जा मन्त्रालयको बजेट ८५ अर्ब छ । तीन हजार तिर्दा जम्मा १०२ रुपैयाँ हो । आकाश खस्दैन् । ठूलो लगानी गर्दैछौं । ५० लाखभन्दा मुनीको इभिमा मूल्य घट्दै छ, बजेटमा सानो नोट छुटेको रहेछ ।’

उनले यस वर्षको बजेट निर्माणमा समय र स्रोत दुवै चुनौतीका रूपमा रहेको बताए । चैत्र महिनाको बीचमा सरकारमा आएर जेठमा बजेट ल्याउनुपरेकाले पर्याप्त समय नपाएको उनको भनाइ थियो ।बजेटमा समावेश नभएका धेरै विषयमा समेत छलफल भएको तर पर्याप्त अध्ययन आवश्यक ठहरिएका विषयलाई आगामी वर्षका लागि राखिएको उनले बताए।

उनले भने,‘यसपालीको बजेटमा चुनौती भनेको समय कम थियो र अर्को स्रोतको चुनौती थियो । चैतमा आइयो जेष्ठमा बजेट ल्याउनु पर्यो, समय धेरै पाइएन । बजेट नपरेको कतिपय क्षेत्रहरुमा पनि छलफल नभएको होइन् । कतिपय कुरामा राम्रोसँग अध्ययन नगरी नजाऊ भनेको अर्को वर्षलाई राखिएको छ । पाँच वर्षसम्म क ेके गर्ने भन्ने छ, अहिले हामीले जग बसाल्ने कुरालाई बढि प्राथमिकता दिएका छौं ।’

अर्थमन्त्री वाग्लेले दुई तिहाइ बहुमतको सरकार भएकाले जनअपेक्षा उच्च रहेको स्वीकार गर्दै स्रोत र क्षमताअनुसार सन्तुलित बजेट ल्याइएको बताए।‘कतिपयले बजेट महत्वकांक्षी छ पनि भन्नु भएको छ । यसवर्ष दुई तिहाईको सरकार छ, अपेक्षाहरु चुलिएका छन् । ३५ प्रतिशत जीडीपी अनुपातमा २५–२६ खर्ब रुपैयाँको बजेट ल्याउन सकिन्थ्यो होला । तर उपलब्ध स्रोत पनि हेर्नुपर्ने हुन्छ । त्यसैले सन्तुलित र तुलनात्मक रूपमा सानो बजेट ल्याएका छौं,’ उनले भने।
उनले सरकारले ऋणमा आधारित बजेट नल्याएको दाबी गर्दै आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिएको बताए।

वाग्लेले विगतका सरकारबाट सिर्जित खर्बौं रुपैयाँका दायित्व अहिलेको सरकारले पनि वहन गर्नुपरेको उल्लेख गर्दै पुराना योजनालाई बेवास्ता गरेर नयाँ कार्यक्रम मात्र ल्याउन नसकिने बताए। यद्यपि, सीमित स्रोत र दायित्वबीच पनि सरकारले धेरै रूपान्तरणकारी आयोजना र कार्यक्रम बजेटमा समेट्न सफल भएको उनको दाबी छ ।

उनले भने,‘यसपाली ऋणमा आश्रित होइन् । हाम्रो आन्तरिक स्रोतमा महत्वकांक्षी ढंगले उठाउँछौं भनेका छौं । यो ऋण–ऋण भनेर जुन हाउगुजी सृजना गरिएको छ त्यो भ्रमबाट निस्किनुपर्छ । पुराना दायित्वहरुले पनि हामीलाई थिचेको छ । खर्बौंको दायित्व बोकेका छौं । जनताकै पैसा हो पुरा गर्नुपर्यो । पुराना पार्टीले ल्याएको छाडेर नयाँ–नयाँ गर्दै हिड्ने कुरा पनि भएन । तर पनि त्यो सीमाकाबीच पनि धेरै रुपान्तरणकारी आयोजनाहरु ल्याएको छौं ।’

Post navigation

Previous: रास्वपा महाधिशेन : सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
Next: सेवा प्रवाहमा सुधारको प्रयास, फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित प्रशिक्षण

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.